आदरणीय दर्शक स्रोता आज पनि फेरी खबर कोसेली डटकममा सधै झै नयाँ पाहुना लिएर उपस्थित भईसकेका छौ। उहाँ हुनुहुन्छ नेपाली चलचित्र क्षेत्रकी एक चर्चित नायिका दिपासा बि. सी. आउनुहोस हाम्रो खबर कोसेली डटकमको सम्बादाताले लिएको उहाँसंगको छोटो छोटो मिठो मिठो रमाइलो र रोमान्टिक कुराकानी हेरौ।
दिपाशा बि. सि. लाइ खबर कोसेली डटकममा हार्दिक स्वागत छ।
– नमस्ते, धन्यवाद।
नायिका दिपाशा बि. सि.लाइ दर्शक स्रोताले कसरी चिनिदिए सहि हुन्छ जस्तो लाग्छ ?
– असल अभिनेत्री, कलाकार, दिपाशा बि. सी. कलाकार हो र राम्रो अभिनय गर्छ र डान्स गर्छ भनेर चिनिदिए म धेरै खुशी हुने थिएँ।
अहिले दिपाशा बि.सि. के गर्दै छ भन्दा ?
– मुभीको स्क्रिपमा छु र अलिअलि भिडियोहरु गर्दै छु।
यहाँलाई सबै भन्दा मन पर्ने नेपाली गीतहरु मध्ये कुन मन पर्छ ?
– मलाइ एकदम मनपर्ने गीत चै यो हो मेरो प्राण भन्दा प्यारो माइती घर माइती घर प्राय म यसमा डान्स गर्ने गर्छु।
अभिनेत्री दिपाशा बि. सि.को स्वभाव चै कस्तो छ त ?
– आफ्नो तारिफ आफै त गर्न मिल्दैन तर मेरो साथीहरुले, फ्यानहरुले सबै जनाले भन्दा र घरमा पनि परिवारले भन्दा चै म अलि चंचले स्वभाबको छुरे भन्ने गर्छन मलाइ चै ।
दर्शक स्रोताहरुले यहाँलाई हट र रोमान्टिक नायिका भनेर चिन्ने गर्छन यहाँ आफुलाई चै कस्तो लाग्छ ?
-रोमान्टिक त अभियस्ली छु मलाइ एकदम हाँस्नु पर्छ धेरै कुराहरुमा फन गर्नु पर्छ अब हट भन्ने कुरा चै कसरी आफैले ब्याक्त गरौ अलिअलि चै छु जस्तो लाग्छ।
कलाकारहरु स्टेजमा पुगे पछि नर्मल अवस्थाबाट अलि छुटै खालको प्रस्तुति दिनु हुन्छ नि यहाँलाइ चै कस्तो लाग्छ ?
– कस्तो हुन्छ भने अडियन्स लाइभ हुन्छ, काठमाडौँमा कलाकारको त्यति भ्यालु हुदैन तर आउट अफ कन्ट्री अथवा आउट अफ भ्याली जानु हुन्छ भने त्यहाँको दर्शकको माया अथवा सम्मान हुन्छ त्यो चिजले गर्दा खेरि अटोमेटिकल्ली एउटा छुटै प्रोत्साहन मिल्छ हामीलाई त्यो चिजले गर्दा जब स्टेजमा चडिन्छ तब हुटिङ दिपाशा उहाँहरुले सपोट गरेको आवज गुन्जिन्छ अनि त्यस पछाडी मनमा छुटै खालको फिलिङ्स हुन्छ र उहाँहरुले जसरी माया दिनु भाछ सम्मान दिनु भाछ त्यसै गरि मनोरंजन दिन सकौं भनेर अलिकति फरक किसिमको पर्फर्मेन्स गर्छौ।
नायिका दिपाशालाइ नेपाली राजनीतिमा सबै भन्दा मनपर्ने पर्सनालिटी चै को हो ?
– म राजनीतिमा त्यति चासो पनि राख्दिन र आबद्ध पनि छैन र पर्सनाल्ली यो चै मन पर्छ भनेर अझ सम्म अंगालेको चै छैन।
पहिलो चोटी क्यामेरा फेस गर्दा यहाँलाई कस्तो लागेको थियो ?
– पहिलो चोटी क्यामेरा फेस गर्दा खेरि चै एकदम डर लागेको थियो को बन्छ कलाकारको अडिसनमा मैले पहिलो क्यामेरा फेस गरेको हो। अनि फस्ट म्युजिक भिडियो गर्ने पालो आयो प्रकास भट्ट सरले डाइरेक्सन गर्नु भा थियो म र मेरो पार्टनर हुनुहुन्थ्यो शिबम पोख्रेल एकदमै नर्भस थिए किनकि त्यतिबेला उहाँ एकदम चलिरहनु भाथ्यो दोहोरि मेडियामा राम्रैसंग उहाँले काम गरिरहनु भाथ्यो एकदम मै नर्भस थिए ला मैले कसरी गर्ने होला भन्ने लाग्थ्यो।
यहाँलाइ मनपरेको व्यक्तिलाई प्रेम प्रस्ताब राख्दा खेरि कसरी राख्नु हुन्छ ?
-रोमान्टिक प्लेसमा लैजान्छु जहाँ सुनसानहोस अनि मजाले सजाउँछु डेकोरेट गर्छु म त्यो ठाउँलाइ, टेबलहरुमा डेकोरेट गर्छु गुलावको राख्छु उसलाई पनि मेरो अगाडि फेस टु फेस हुने गरि बसाल्छु अनि फिल्मी स्टायलले रोज दिएर आइ लभ यु भन्छु।
दिपाशा बि.सी.को परिभाषामा जीवन के हो ?
– जीवन संघर्ष हो, जो कहिले पनि सकिन्दैन जीवन भर चलिरहन्छ।
यहाँको इन्स्पिरेसनको स्रोत चै के हो ?
– यसको लागि सबै भन्दा बढी श्रेय मेरो मामुलाई नै जान्छ किन भने मामुले धेरै सपोट गर्नु भाछ। जहाँ छु जे छु मेरो नाम यति उचाइमा छ त्यो सब मेरो मामुले गर्दा हो। हर्टलि थ्याङस भन्न चाहन्छु मैले जति धन्यवाद दिए पनि त्यो कमि हुन्छ मेरो मामुको निम्ति।
यहाँको परिभासामा प्रेम के हो ?
– यो आफैमा एउटा अनमोल वर्ड हो एकले अर्कालाई कनेक्शनमा राखिराख्न प्रेमको जरुरि हुन्छ प्रेमलाई कसरी उच्चारण गरौ कुनै शब्दै छैन।
यहाँलाइ कुन समयमा बेसी रोमान्टिक हुन मन लाग्छ ?
– म अलिकति साउनको महिनामा जन्मेको भएर होला मलाइ पानि परिरहेको बर्खा एकदम मन पर्छ जसमा झिम झिम पानि परेको बेला रुझेर आनन्द लिन एकदम मन पर्छ मेरो त्यति बेला रोमान्टिक मोड हुन्छ ।
यहाँ यति सुन्दर हुनुहुन्छ फिजिकल फिटनेस पनि त्यतिकै छ यसको राज चै के हो ?
– यसको राज भनेर छदै छैन न म जिम जान्छु, बिहानै उठेर जिम जाने फिटने गर्ने केहि गर्दिन जेहोस कहिले कहिँ मुड चलेको बेला म्युजिक बजाएर हल्का डान्स गरिदिन्छु बिहानै उठेर मर्निङ वाक इभिनिङ वाक कहीं पनि जाँदिन खानामा चै अलिकति कन्ट्रोल गर्छु स्पाइसि र ओइलि चिजहरु बढी खाँदिन र अलिकति केयर गरिन्छ त्यति हो।
यहाँले खास तयार पार्नु पर्दा कुन चै परिकार मिठो बनाउनु हुन्छ ?
– मैले बनाउदा नर्मल दाल, भात, तरकारी, चट्नी अनि चिकेन अलिकति स्पेसल बनाउँछु प्राय सबै डीसहरु बनाउँ छु।
फ्यानसंग बिताएको रमाइलो कुनै क्षण छ ?
-एक जना हुनुहुन्थ्यो मलाइ धेरै बर्ष देखि फलो गरिरहनु भाथ्यो म धनगडी प्रोग्राममा गाको थिएँ उहाँले चै एकदम भेट्न अनुरोध गरिरहनु भाथ्यो। धनगडी उहाँकै ठाउँमा जाँदा भेट भाको थियो अनि उहाँले कफी खाउँ भन्नु भो कफी खान यसरी बस्यौ उहाँको हातहरु एकदम काँमी राथ्यो मैले किन कामि रहनु भाछ भरेर भने उसले मलाइ बिलिफ लागिरा छैन क्या म दिपाशा बि.सी.संग बसेर कफी पिउँदै छु भनेर भन्नु भाथ्यो मैले भने हैन त्यस्तो केहिपनि हैन म पनि नर्मल मान्छे नै हो हामीले काम गर्ने बाटो मात्र फरक हो म एउटा नर्मल कलाकारिता फिल्डमा छु तपाई नर्मल काम गरिरहनु भाछ त्यस्तो केहि पनि होइन भनेको थिएँ। धेरै कुराहरु सेयर गर्नु भो उहाँले मेरो जमाना देखिको फोटो राख्नु भारैछ मैले जे जे स्टाटस हाल्छु त्यो स्क्रीन सट गरेर राख्नु हुदो रैछ। उहाँसंग भेट्दा खेरि चै एकदम रमाइलो लागेको थियो।
यहाँले धेरै स्टेज प्रोग्राम गरिसक्नु भाछ दर्शक दिर्घाबाट एकदम धेरै सकारात्मक हुटिङ आको कुनै स्टेज प्रोग्राम छ ?
– एकदमै अहिले पनि युटुबमा छ प्युठान प्रोगाम हो रेखाको जवानी र मेरो बारुली कम्मर रिमिक्स गरेर गरेको थिएँ अत्यधिक हुटिङ आको थियो र युटुबमा पनि अत्यधिकले हेरिदिनु भाछ।
यहाँलाई मोडलिङ क्षेत्रको रमाइलो पक्ष चै के हो जस्तो लाग्छ ?
-हामी सबै जना एकदम फ्य्रंक हुन्छौ। कलाकारहरु देश विदेश घुम्न जान पाउछौ यहि पनि गाउँ गाउँ गएर प्रोग्रामहरु गर्न पाउछौ यिकुरा हुनुमा अरु भन्दा छुटै फाइदा हामी कलाकारलाई छ र छुटै लाइफ जीरहेका हुन्छौ त्यो चै एकदम मन पर्छ मलाइ।
अन्त्यमा यहाँको दर्शक स्रोताहरुलाई खबर कोसेली मार्फत के भन्नु हुन्छ ?
– स्पेसल्ली त हजुरहरुको खबर कोसेलीलाइ हार्टली थ्याँक्यु भन्न चाहन्छु हाम्रो ताजा कुराहरु अपडेट गरिदिनु हुन्छ देश विदेश सम्म युटुब मार्फत पुर्याई दिनु हुन्छ त्यसको लागि एकदम धन्यवाद भन्न चाहन्छु र मेरो दर्शक स्रोताहरुलाई जति बढी मलाई माया गरिदिनु भाछ जति मन पराइदिनु हुन्छ त्यस्तै माया गरिदिनुहोस मन पराइ दिनुहोस अझ पनि धेरै धेरै उचाइको शिखरमा पुर्याई दिनुहोस दिपाशा बिसीलाइ भन्न चाहन्छु । सपोट गरिदिनुहोस मेरो भिडियोहरुलाई हेरिदिनुहोस र यो खबर कोसेलीलाइ पनि सधै हेरिदिनुहोस भन्न चाहान्छु।