चितवनमा फेरी बर्ड फ्लु देखिएको पुष्टि भएको छ । पुर्बी चितवनको खैरहनी नगर पालिका ९ मा दुइ जना किसानको खोरमा कुखुराको नमुना परिक्षण गर्दा बर्ड फ्लु भेटिएको पुष्टि भएको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोग शालाका बरिष्ठ पशु चिकित्सक डा दयाराम चापागाईले जानकारी दिए ।
स्थानीय राजन चौधरी र लक्ष्मण चौधरीको कुखुरा खोरमा बैशख १५ गते २७ सय कुखुरा मरेका थिए । मरेका कुखुराको नमुना परिक्षण गर्दा बर्ड फ्लु भएको पुष्टि बिहिबार मात्र भएको हो ।
शुक्रबार उक्त कुखुराको खोर वरपर भएका कुखुरा र हाँस मार्ने र तथ्यांक लिने काम गरिएको डा चापागाईले जानकारी दिए । यस अघि गएको चैत्र २२ गते पुर्बी चितवनको रत्न नगर १५ माधबपुरको एक कुखुरा फर्ममा हप्ता दिनमा ३ हजार ७ सय कुखुरा मरेका थिए ।