संचारकर्मी गीता अधिकारीको बहुचर्चित तीजको म्युजिक भिडियो आज एक भब्य समाहरोका साथ सार्बजनिक गरिएको छ । उक्त कार्यक्रम काठमाण्डौको बागबजार स्थित सिटी म्याक्सको हलमा पूर्व सभामुख ओनसरी घर्तिमगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा गीतसंगीत क्षेत्रका थुप्रै बरिष्ठ कलाकारहरुको समेत उपस्थिति रहेको थियो ।
संचारकर्मी, रचनाकार र साहित्यकार समेत रहेकी गीता अधिकारीको गीतलाई नायिका, मोडल र गायिका सारिका घिमिरेले स्वर दिएकी छिन र मुख्य मोडलको रुपमा समेत अभिनय गरेकी छिन । यसमा गीतकार गीता अधिकारीको समेत सुन्दर अभिनय देख्न पाइन्छ । अधिकारीको उक्त तीज गीतमा नेपाली चलचित्र क्षेत्रको दिग्गज कलाकारहरु बसुन्धरा भुसाल, भुवन चन्द, चैत्य देवी र रुपा रानाले सुन्दर अभिनय गरिदिएर सुनमा सुगन्ध थपि दिएको छ ।
अधिकारीको यो तीज म्युजिक भिडियो बिगतका गीतहरु भन्दा फरक पृथक भेटिएको छ । निकै मार्मिक शब्दहरुले भरिएको उक्त गीत महिला जागरण मुलक रहेको छ । नारीहरुलाई बल साहास र उर्जा दिने खालको बनेको छ । उक्त तीज गीतलाई निकै सुन्दर ढंगले छायांकन गरिएको छ । कार्यक्रमको केहि सुन्दर तस्बिरहरु र म्युजिक भिडियो तल क्लिक गरेर हेरौ ।