साफ यु – २० च्याम्पियनसिपमा नेपालको राम्रो प्रदर्शन, लगातार दोस्रो जित

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 28, 2022 28-Jul-2022, Thu
1 Min Read
Aa

साफ यु-२० च्याम्पियनसिपमा नेपालले हिजो बुधबार भएको खेलमा श्रीलंकालाई ३-० ले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ । यस संगै नेपाल अंक तालिकामा सिर्स स्थानमा छ ।

जारी च्याम्पियनसीपमा नेपालका लागि दोस्रो जित हासिल गर्नको लागि नेपालबाट कप्तान आयुष घलानले ५८ औं मिनेटमा , कृतिशले ६४ औं मिनेटमा र मनग्य नकर्मीले ८४ औं मिनेटमा एकएक गोल गरेका थिए ।

नेपालले आफ्नो क्लिनसिट कायम रख्द्दै प्रतियोगिताको सिर्स स्थानमा फर्किएको छ। नेपालले आफ्नो तेस्रो खेल घरेलु टोलि भारत संग ३१ जुलाई आइतबार साझको अपरान् ७ बजे खेल्ने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja