काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौँ महानगरपालिका भित्र भूमिगत पर्किङ्ग मिच्नेबिरुद्द कारबाही प्रक्रिया आघि बढाउने जानकारी दिएका छन् ।
उनले भने ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा पनि आफैँ सुधारको संकेत नदेखिएपछि हामीले बानेश्वर क्षेत्रबाट कारबाही सुरु गरेका छौं । यो सहरका सबै ठाउँमा पुग्नेछ ।
व्यापारिक प्रयोजनका भवनको नक्सापास गर्दा भूमिगत पार्किङ राखेर हाल सटर निर्माण गरी भाडामा लगाउँदै आएको देखिएपछि काठमाडौं महानगरले पार्किङ्ग मिच्नेबिरुद्द नयाँ बानेश्वरस्थित व्यावसायिक कम्प्लेक्सको भूमिगत पार्किङमा बनाइएका संरचना भत्काए संगै कारवाहि प्रक्रिया आघि बढेको जानकारी बालेनले दिए ।
मेयर शाह भन्छन्, कारबाहीमा भन्दा पनि तपाईँको महानगरप्रतिको जिम्मेवारीमा हाम्रो विश्वाश छ। त्यसैले पार्किङ्गका लागि छुट्याइएको ठाउँमा पार्किङ्गनै गरिदिनुहोला ।
यसबाट हामीलाई पार्किङ समस्याको वास्तविकता पहिचान हुनेछ । सडकमा पार्किङ गर्नुपर्ने बाध्यता कम हुनेछ । त्यस्तै हामीलाई पार्किङ व्यवस्थापन योजना बनाउन सहयोग पुग्नेछ ।’


















प्रतिक्रिया दिनुहोस्