निगमले आजदेखि भैरहवाबाट हङकङ र दिल्लीका लागि नियमित उडान सुरु गरेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 29, 2023 29-Aug-2023, Tue
1 Min Read
Aa

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्लीको नियमित उडानका लागि आजदेखि काठमाडौंको ट्रान्जिटिङको टिकट बुकिङ खुला गरेको छ ।

निगमको बजारको माग र बजार व्यवस्थापन अनुसार भैरहवाबाट हरेक मंगलबार एउटा उडान सुरु गर्ने र उडान संख्या बढाउने योजना छ । उडान तालिका अनुसार भैरहवाबाट विहान ८ः१५ बजे उडान हुनेछ र बिहान ९ः०० मा काठमाडौं अवतरण हुनेछ ।

ट्रान्जिटपछि हङकङ जाने यात्रुहरू हङकङको उडानमा चढ्नेछन् र दिल्ली उड्ने यात्रुहरू निगमको नयाँ दिल्लीसम्मको कनेक्टिङ उडानमा चढ्नेछन्। निगमका अनुसार गन्तव्यमा जाने बोर्डिङ पास चेक इनको समयमा दिइन्छ र यात्रुको सुविधाका लागि सामान सिधै गन्तव्यमा पु¥याउने गरिन्छ ।

निगम व्यवस्थापनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको भैरहवाबाट उडान सुचारु गर्न विशेष पहल गर्ने निर्णय गरेको छ ।

निगमको कार्यालय वा निगमको वेबसाइट वा नजिकैको ट्राभल एजेन्सीबाट टिकट खरिद गरी यात्रुले सजिलै यात्रा गर्न सक्ने निगमले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja