कुटपिट विरुद्ध न्याय माग्दै डाक्टर आन्दोलनमा

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 26, 2023 26-Sep-2023, Tue
1 Min Read
Aa
doctor strike

पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात गरेको विरोधमा काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजका आवासीय चिकित्सकले सबै सेवा बन्द गरेका छन् । उनीहरुले सेवा अवरुद्ध गर्दै अस्पताल बाहिर प्रदर्शन गरेका थिए ।

सरकारले चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नगरेको र यस्तो अवस्थामा काम गर्ने चिकित्सकको मनोबल घटेको भन्दै उनीहरुले सबै सेवा ठप्प भएको घोषणा गरेका हुन् ।

नेपाल मेडिकल कलेजले आज ओपिडी सेवा बन्द गरेको जानकारी दिएको छ । अस्पतालमा आकस्मिक बाहेकका बिरामीलाई भोलि ओपिडीमा आउन भन्दै चिकित्सकहरुले आज हड्ताल गरेको भन्दै कर्मचारीले फिर्ता गरेका छन् ।

लमजुङकी एक महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको छ ।

मृतकका आफन्तसहितको भीडले चिकित्सकको लापरवाहीका कारण महिलाको मृत्यु भएको भन्दै डाक्टरमाथि आक्रमण गरेको थियो । घटनाका कारण मणिपाल अस्पताल परिसर तनावग्रस्त बनेको छ ।

चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । केही साताअघि हेटौंडामा दुईजना चिकित्सकमाथि एक समूहले आक्रमण गर्दा यस्तै घटना भएको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja