आज मंगलबारको पाँच वटा संसदीय समितिहरूको बैठकको विवरण यसप्रकार छ:
- प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक:
- समय: बिहान ११ बजे
- कार्यसूची: विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने।
- प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक:
- समय: बिहान ११ बजे
- कार्यसूची: भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल।
- प्रतिनिधि सभाको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक:
- समय: दिउँसो १:३० बजे
- कार्यसूची: समितिको कार्यविधि, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूका सम्बन्धमा छलफल।
- राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक:
- समय: बिहान ११:३० बजे
- कार्यसूची: लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि अनिवार्य शर्त रहेको ‘सुशासन’ र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा छलफल।
- राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक:
- समय: बिहान ११:३० बजे
- कार्यसूची: उत्तरविधायिकी परिक्षण सम्बन्धमा छलफल।
स्रोत: संघीय संसद सचिवालय

















प्रतिक्रिया दिनुहोस्