काठमाडौं । चालु आर्थिक वर्षको सुरुवातमै नेपालमा महँगी बढेको छ । साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत वर्षको साउनमा यस्तो दर १.६८ प्रतिशत मात्र थियो । पछिल्लो तथ्यांकअनुसार खाद्य तथा पेय पदार्थमा ६.७७ प्रतिशत र गैरखाद्य तथा सेवा क्षेत्रमा ५.५२ प्रतिशत मूल्यवृद्धि भएको छ ।
खाद्य वस्तुतर्फ तेल तथा घिउ, फलफूल, मासु तथा माछा र तरकारीको मूल्य उल्लेख्य बढेको छ । गैरखाद्यतर्फ भने यातायात क्षेत्रमा सबैभन्दा बढी १३.१७ प्रतिशत मूल्यवृद्धि देखिएको छ ।
क्षेत्रगत रूपमा हेर्दा सहरभन्दा ग्रामीण क्षेत्रमा महँगी केही बढी छ । ग्रामीण क्षेत्रमा मुद्रास्फीति ६.१८ प्रतिशत पुग्दा सहरी क्षेत्रमा ५.८८ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
प्रदेशमध्ये मधेसमा मूल्यवृद्धि सबैभन्दा धेरै ६.९४ प्रतिशत र सुदूरपश्चिममा सबैभन्दा कम ४.६१ प्रतिशत रहेको छ।



















प्रतिक्रिया दिनुहोस्