हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकतासङै भारतीय आधार कार्ड पनि फेला परेको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड पनि रहेको पाइएको जानकारी दिए ।
तीन जना चिनियासँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी गरिएको नागरिकता र एक जनासँग जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी भएको नागकिरता फेला परेको छ ।


















प्रतिक्रिया दिनुहोस्