बागी उम्मेदवारी फिर्ता लिन देउवाको अपिल

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 28, 2022 28-Apr-2022, Thu
1 Min Read
Aa

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । आज एक अपिल जारी गर्दै सभापति देउवाले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएका बागी उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको हो ।

देउवाले निकाल्नुभएको अपिलमा एउटा उम्मेदवार बन्दा अर्को उत्तिकै योग्य साथीले अवसर नपाएको स्थितिप्रति आफू जानकार रहेको भन्दै पार्टीको विजयका लागि साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी भन्ने उच्चतम भावना राख्न आग्रह गर्नुभएको छ । उहाँले कांग्रेसको एकल उम्मेदवारी भएको पालिका वा सत्ता गठवन्धनका दलहरूसँग तालमेल भएको पालिकामा विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन अपिल गर्नुभएको छ ।

उहाँले नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण गर्न तथा लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गर्न कांग्रेससहित पाँच दलले गठबन्धन गरेको बताउनुभएको छ ।


साभार उज्यालो अनलाईन

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja