महावीर पुनमाथि हर्क साम्पाङको कटाक्ष यस्तो सम्म भने यो हेर्नुहोस

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 18, 2026 18-Jun-2026, Thu
1 Min Read
Aa
harka sampang

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाबिर पुनलाई सरकारको जिम्मेवारी बुझेको देखिनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा बोल्दै साम्पाङले मन्त्री पुनले समस्याको सूची सुनाउनेभन्दा समाधान प्रस्तुत गर्नुपर्ने धारणा राखे। उनले सरकारमा रहेका व्यक्तिले कानुन र नीतिगत कमजोरीको गुनासो गर्ने नभई त्यसको समाधान खोज्न अग्रसर हुनुपर्ने बताए।

साम्पाङले भने, “मन्त्रीज्यूले धेरै लामो कुरा सुनाउनुभयो। तर सरकारको काम गुनासो गर्ने होइन, समाधान दिने हो। उहाँ सत्ता पक्षमा हुनुहुन्छ कि प्रतिपक्षमा, त्यो स्पष्ट हुनुपर्छ। यस्तो कानुन भएन, उस्तो कानुन भएन भन्दै लामो गीत सुनाउने काम सरकारको होइन।”

उनले जनताले सरकारबाट समस्या पहिचान मात्र नभई त्यसको ठोस समाधानको अपेक्षा गर्ने भएकाले मन्त्रीहरूले परिणाममुखी काममा ध्यान दिनुपर्ने बताए। साम्पाङको यो टिप्पणीलाई मन्त्री पुनको अभिव्यक्तिप्रति गरिएको तीखाे राजनीतिक कटाक्षका

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja