टिकटकमार्फत चर्चामा आएकी तुलसी अधिकारीलाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ। प्रहरीका अनुसार उनलाई शनिवार राति काठमाडौं ल्याइएको हो।
जिल्ला प्रहरी परिसर ललितपुर का एसपी गौतम मिश्र ले अधिकारीलाई अदालतमा उपस्थित गराएर थुनछेक प्रक्रिया अघि बढाइने बताएका छन्।
अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा दायर भइसकेको छ। उनी फरार भएपछि इन्टरपोल मार्फत रेड नोटिस जारी गरिएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय समन्वयमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सरकारी वकिल कार्यालयले २०८२ चैतमा अधिकारीसहित १० जनाविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।
प्रहरी अनुसन्धानअनुसार तुल्सा कलेक्सन प्रालिकी सञ्चालक अधिकारीमाथि एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिँदै रकम असुल गरेको आरोप छ। पीडित व्यवसायीले उनीबाट ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद र जिन्सी लिइएको दाबी गरेका छन्।



















प्रतिक्रिया दिनुहोस्