पर्वतमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिल्ला कार्यसमितिको शुभकामना

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 2, 2022 02-May-2022, Mon
3 Min Read
Aa

पर्वत । नेपाली काँग्रेसका तर्फबाट पर्वतका स्थानीय तहमा चुनावी मैदानमा रहेका उम्मेदवारहरुले पार्टीको सिदान्त र मर्मलाई संधै शिरमा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली काँग्रेस र गठबन्धनमा आवद्ध दलका सबै उम्मेदवारलाई जिताउन पनि कार्यकर्ताहरुका बिचमा सु सम्बन्ध स्थापित गराउने पनि उम्मेदवारहरुले प्रतिबद्धता जनाउनुभयो ।

नेपाली काँग्रेस पर्वत जिल्ला कार्यसमितिले सातै स्थानीय तहका उम्मेदवारहरुलाई आज बधाई सहित शुभकामना व्यक्त गरिएको थियो । नेपाली काँग्रेस पर्वतका सभापति यूवराज जोशीले सबै उम्मेदवारलाई जिताउन पार्टीका कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो । सबै काँग्रेसीहरु एकजुट भएर लागेमा आफ्ना उम्मेदवारहरुले सत प्रतिशत जित्ने भएकाले कुनै कसुर बाँकी नराखी उम्मेदवार जिताउन लाग्नुपर्ने उल्लेख गर्नुभएको छ । सभापति जोशीले उम्मेदवारहरुलाई आफ्ना कार्यकर्ताहरुलाई संरक्षण गर्न तथा देश र जनताको हितमा काम गर्न पनि अनुरोध गर्नुभयो ।

उहाँले पार्टीका उम्मेदवारलाई घात प्रतिघात गर्ने कसैलाई छुट नभएको भन्दै कसैले पनि घात गर्ने चलखेल गरेमा ठाउँको ठाउँ कारवाही हुने चेतावनी दिनुभयो । ‘म नेपाली काँग्रेस हुँ, मैले टिकट पाए ठिक, नत्र बेठिक भन्ने विषय सबैभन्दा दुखद विषय हो ’ जोशीले भन्नुभयो,‘ सबैजना आफ्ना व्याक्तिगत चाहना छोडेर उम्मेदवार जिताउन जुट्नुस ।’प्रतिबद्धता ब्यक्त गर्दै कुस्मा नगरपालिकाका मेयरका उम्मेदवार रामचन्द्र जोशीले नेपाली काँग्रेसबाट टिकट प्राप्त गरेका कारण आफुले अबको कार्यकालमा विगत भन्दा थप सिर्जनशिल रुपमा पर्वत काँग्रेसका कार्यकर्ताहरुको संरक्षणमा रहनेगरि काम गर्ने बताउनुभयो ।

उहाँले प्रत्येक जनप्रतिनिधिहरु निवार्चनमा विजयी भई सकेपछि पार्टीप्रति जवाफदेही हुनुपर्ने सुझाव दिनुभएको थियो । विगतमा कुश्मा नगरपालिकामा नेपाली काँग्रेस अल्पमतमा परेका कारण सोच अनुसार सबै काम गर्न प्रयास गरे पनि नसकेको भन्दै अब बहुमत सहितको नगरपालिका बनाउन मतदानको अपेक्षा गरेका छन् । यस्तै पार्टी सचिव समेत रहेका महाशिला गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार अशोक उचै ठकुरीले काँग्रेस पार्टीबाट टिकट पाइसके पछि काँग्रेसका कार्यकर्ताहरुको काममा बिशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

उता,पैयुँ गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार एवंम नेपाल तरुण दल पर्वतका जिल्ला अध्यक्ष तोरण मल्ल ठकुरी राज र उपाध्यक्ष पदका उम्मेदवार जानकी प्रधानले आफ्नो सबै कार्यकाल नेपाली काँग्रेसको निर्देशन अनुसार सफल बनाइ छाड्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । सबै जनप्रतिनिधिहरुले सो अवसरमा पार्टी सभापति युजराज जोशीलाई अवसर दिएको भन्दै प्रसंसा गरेका थिए ।

नेपाली काँग्रेस पर्वतका पार्टी सभापति युवराज जोशीको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्वपार्टी सभापति खिमप्रसाद भूषाल,जिल्ला उपसभापति डा.चुणमणि शर्मा र सचिव गुप्तनिधि शर्माले बोलेका थिए । सबै पालिका र वडाका उम्मेदवारहरुलाई जिल्ला सभापति युवराज जोशी र कार्यसमिताले उनीहरुलाइ फुलमाल र दोसल्लाले सम्मान गर्दै विजयीको आर्शिवाद दिएका थिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja