पर्वतमा निर्वाचन आचारसंहिता कार्यन्वयनमा कडाई

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 2, 2022 02-May-2022, Mon
1 Min Read
Aa

पर्वत । पर्वतमा निर्वाचन आचार संहिता पालनामा कडाई गरिने भएको छ । आचारसंहिता उल्लंघनका घटना बढ्न थालेपछि कडाई गर्न थालिएको हो । आचारसंहिता अनुगमन समिति पर्वतको आइतबार बसेको बैठकले आचार संहिता उल्लंघनका मौखिक उजुरी आएपछि कडाई गर्ने निर्णय गरेको छ । दल तथा स्वतन्त्र उमेदवारले भड्किलो प्रचार शैली अपनाउन थालेपछि यसलाई रोक्न सोमबार देखि नै कडाई गरिने मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले बताउनुभयो ।

‘उलंघनका घटना बढेको भनेर मौखिक उजुरी धेरै आएका छन ।’ उहाँले भन्नुभयो ‘उल्लंघन हुन नदिन कावार्ही गर्ने निर्णय गरेका छौ ।’ पर्वतमा निर्वाचन प्रचारका क्रममा सवारी साधनमा चर्को स्वरमा प्रचार सामाग्री बढाउने, ठुला ठुला बोर्डहरु राख्ने तथा सवारी साधनमा समेत ठुला झण्डा, ब्यानर राखेर प्रचार गर्ने काम भैरहेको छ ।

सदरमुकाम कुस्माबजारमा उमेदवारहरुले धेरै सवारी साधनमा प्रचारसमाग्री बजाउँदा ध्वनी प्रदुषण र जनजीवन समेत प्रभावित भैरहेको छ । जिल्ला प्रहरी कार्यालयले आचारसंहित उल्लंघनका काम नर्गन भन्दै सोमबार बजार क्षेत्रमा माइकिङ गरेको छ । शुरुमा उल्लंघनका घटना नगर्न आग्रह गरिएको र अब गरेको पाईएमा प्रहरीले काबार्ही गर्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिबराज बुढाथोकीले बताउनुभयो । आचारसंहिता बिपरित प्रयोग भएका सामाग्रीहरु प्रहरीले नियन्त्रणमा लिने उहाँले जानकारी दिनुभयो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja