पर्वतमा नेपाली काँग्रेसको घोषणापत्र सार्वजनिक,जनजिविकाका विषय प्राथमिकतामा

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 4, 2022 04-May-2022, Wed
2 Min Read
Aa

पर्वत । नेपाली काँग्रेस पर्वतले स्थानीय तह निर्वाचन लक्षित संकल्पपत्र सार्वजनिक गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको तर्फबाट संकल्पपत्र समितिका संयोजक नवराज गुरुङले संकल्पपत्र सार्वजनिक गर्नुभएको छ । पर्वतमा पत्रकार सम्मेलन गरि गुरुङले पार्टीको तर्फबाट २५ बुँदे संकल्पपत्र सार्वजनिक गर्नुभएको छ ।

आर्थिक, समाजिक बिकास, पूर्वाधार विकास, कृषि, पशुपालन, पर्यटन, धर्मसंस्कृति विविध योजना समाबेश गरेर घोषणापत्रमा प्रतिबद्धता जनाईएको छ । भष्ट्रचारमुक्त गाउँ तथा नगरपालिका बनाउने, दिगो सामाजिक सुरक्षा प्रणाली अपनाउने, तथ्यांकगत विकास लाई जोड दिने, यूवालाई स्वरोजगार, महिलाहरुलाई उद्यम, बैदेशिक रोजगारीमा गएका यूवालाई कृषि तथा पशुपालनमा विशेष अनुदानका कार्यक्रम, स्नातक वा सो सरह बेरोजगार यूवालाई मासिक १ हजार भत्ताको व्यवस्था गरिने उल्लेख छ । बढ्दो बसाईसराई लाई रोक्न गाउँ गाउँ सम्म पक्कि सडक, गाउँमा सुविधासम्पन्न अस्पताल, विद्यालय तथा रोजगारी सृजना गर्ने उद्योग वा घरेलु उद्यम सञ्चालन गर्ने काँग्रेसको नीतिमा उल्लेख गरिएको छ ।

संकल्पपत्रमा भूउपयोगीताका लागि सिँचाई, मल बीउ र किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम समाबेश गरिएको छ । जल, जमिनको उपयोगिता, हावापानी अनुकुलको तरकारी, नगदेबाली तथा फलफुल खेती विस्तारमा स्थानीय सरकारले लगानी गर्ने पनि संकल्पपत्रमा उल्लेख गरिएको छ । सुसासन र सुसान्ती स्थापना गर्ने कुरालाई बिशेष जोड दिईएको छ ।

काँग्रेसको जिल्ला स्तरीय घोषणापत्रमा दलित, महिला, विपन्न, अल्पसंख्यक, अपांगता भएका व्याक्तिलाई क्षमता अनुसारको रोजगारी वा व्यावसायमा अनुदानको व्यवस्था गरिने उल्लेख छ । कालीगण्डकीको पानी लाई लिफ्ट गरि सिँचाईको सुविधा विस्तार गर्ने योजना देखि जिल्लामा रहेका पर्यटकीय स्थलको विकास र प्रसारमा पनि उत्तिकै ध्यान दिईने बताईएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja