काठमाडौँ महानगरपालिकाको सूचना :

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 23, 2022 23-Jun-2022, Thu
1 Min Read
Aa
notice from ktm metro city

काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गरे आनुसार साउन  १  गतेदेखि  स्रोतमा  नै  फोहोर कुहिने  र  नकुहिने  फोहोर  छुट्याउने गर्न महानगरवासीलाई अनुरोध गरेको छ ।

  उक्त व्यवस्था अनुसार जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादन कर्ताको नै भएको भन्दै महानगरपालिकाले पृथकीकरण गरी जैविक (कुहिने) फोहोर सङ्कलन गर्न आउने दिन जैविक (कुहिने) फोहोर मात्रै सङ्कलन गर्ने र अजैविक (नकुहिने) फोहोर सङ्कलन गर्न आउने दिन अजैविक (नकुहिने) फोहोर मात्रै सङ्कलन गर्ने जानकारी गराएको छ । 

स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने भन्दै महानगरपालिकाले नियमअनुसार नगरे प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना हुने स्पष्ट गरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja