बागलुं जिल्लामा कोरोनबाट मृत्यु भएका परिवारलाई राहत वितरण

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 11, 2022 11-Jul-2022, Mon
1 Min Read
Aa
distributing money to corona viktims

गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कोरोनबाट मृत्यु भएका परिवारलाई रु ५० हजार रकम प्रदान गर्ने निर्णय चालु आर्थिक वर्षमा रु ५७ लाख राहत रकम वितरण गरिएको छ । बागलुं स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौका अनुसार बागलुङ जिल्लाका कोरोनाका कारण मृत्यु भएका ११४ जनाले रु ५० हजारका दरले राहत रकम बुझिसकेको जानकारी दिए ।

 गण्डकी प्रदेश सरकारले कोरोनाबाट ज्यान गुमाउने गण्डकी प्रदेशका मृतकका परिवारलाई रु ५० हजार राहत दिने निर्णयअनुसार जिल्लामा कोरोनाका कारण मृत्यु भएका ११४ जनाका परिवारलाई रु ५७ लाख राहत रकम प्रदान गरिएको हो । सम्पर्कमा आएका र कागजात बुझाएकालाई खोजी–खोजी राहत दिएको भए पनि केही मृतकका परिवार राहत लिनै नआएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । 

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja