श्रीलंकाका राष्ट्रपति देश छोडेर भागे

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 13, 2022 13-Jul-2022, Wed
1 Min Read
Aa
srilanka president gotabaya

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे लुकेर बसेको आवस्थामा जनताले घर र कार्यालय घेराबन्दी गरेपछी उनि देश छोडेर भागेका हुन् । गुप्त सूचना आनुसार गत राति ७३ बर्सिय राजापाक्षे सैन्य बिमान मार्फत उनको श्रीमती र दुईजना सुरक्क्षा कर्मी सहित भागेका हुन् ।

राजापाक्षे संगै उनको भाई पूर्व आर्थमन्त्रिले पनि देश छोडेर अमेरिका तर्फा जादै गरेको बिबिसिद्वारा जान्कारी प्राप्त भएको छ ।

बिबीसीका जानकार आनुसार गोटाबाया माल्दिभ्सको राजधानी माले त्यहाँको समय अनुसार करिब ३ बजे पुगेको र गुप्त सूचना आनुसार उनि त्यहाँ बाट तेस्रो देशतर्फ जाने भएको जानकारी प्राप्त भएको छ ।

राजापाक्षेको कुसासन र परिवारको सत्ता महत्वाकांक्षाका कारण मुलुकको आर्थिक टाट पल्टेपछी त्यहाँका जनताहरु सरकारबाट रुस्ट भएका हुन् र सरकार बिरुद्द सडकमा उत्रेका हुन् ।

लामो समय देखि त्यहाँका जनताले बिजुली बत्ति लगायत दैनिक उपभोगका सामानहरु र औषधि आपूर्तिमा आभाव खेप्दै आएका थिए ।

श्रीलंकामा आहिलेको यस अवस्थामा आउनुको मुख्य कारण राजापाक्षे परिवारको हो भन्दै त्यहाँका जनताहरु उनि प्रति रुस्ट र आक्रोसित भएका छन् र राजापाक्षेलाई राजिनामा दिन त्यहाका जनताले माग गरेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja