नेपाल टेलिकमले ग्राहकको लागि ल्यायो यति धेरै आकर्षक सेवा अनि सुबिधा

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 17, 2022 17-Jul-2022, Sun
1 Min Read
Aa
नेपाल टेलिकम

२०७९ साल साउन १ गतेबाट लागुहुने गरि नेपाल टेलिकमले उपलब्द गराईरहेको महसुल सुल्क घट्ने र नयाँ दर लागु हुने जनाएको छ। साउन १ गते बाटनै नेपाल सरकारले हाल लिदै आएको १३ प्रतिसत दुरसंचार सेवा दस्तुरलाई घटाएर १० प्रतिसतमा लागु हुने गरि ल्याउने भएको छ।

टेलिकमले यहि साउन १ गतेबाटनै लागु हुने गरि समर अफर अन्तर्गत बिभिन्न प्याकेजहरु उपलब्द गराएको जानकारी दिएको छ। पहिले उपलब्द सबै अफरहरुमा उही मूल्यमा थप डाटा तथा भोइस अफरका साथ उपलब्द गराएको छ भने कतिपय अफरमा थप परिमार्जन गरिएको छ र नयाँ अफर पनि थप गरिएको टेलिकमले जानकारी दिएको छ ।

कम्पनिले उपलब्द गराईरहेको पकेजबाहेकको साधारण महसुल दरअन्तर्गत भोइस र डाटा सेवा तथा अन्य सेवाको महसुलमा समेत लाग्दै आएको सेवा दस्तुरमा ३ प्रतिसत रकम स्वोत् घट्ने जनाएको छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja