उपत्त्याका भित्रिने प्रमुख नाका नागढुंगा , चन्द्रागिरी नगरपालिकाले नेपालमानै पहिलो पटक भेईकल स्क्यनिङ्ग मेसिन राख्न सुरुवात गरेको छ ।
ट्राफिक प्रहरीले हालसम्म उपत्त्याका भित्रिने र बाहिर जाने सवारी साधनको हातलेनै रेकर्ड राख्ने गरेको र कुनै सवारी साधन वा यात्रुमा संका लागेमा खन्तलासि पनि आफैले गर्दछन् । उक्त उपकरणले सवारी साधन , चालक तथा आवस्यक अनुसार यात्रुको पनि स्कनिङ्ग गरि अभिलेख राख्ने गर्दछ ।
यसले ट्राफिक व्यवस्थामा ठुलो सहयोग पुर्याउने जनाइएको छ। मेसिनको करिब २ करोड ५० लाख सम्म पर्ने जनाइएको छ ।
‘ काठमाडौँ उपत्यकाको सुरक्षाको दृष्टिकोणले नागढुंगामा भेईकल स्कनिङ्ग मेसिन राख्न जरुरी छ ‘ । प्रबिधिको युगमानी कति दिन हातलेनै लेखेर सवारी साधनको रेकर्ड राख्ने ‘ । नगरप्रमुख घनश्याम गिरीको भनाई ।


















प्रतिक्रिया दिनुहोस्