साउन १ गते आइतबारका दिन नगर कार्यपालिकाको बैठकमा नगर सभा सदस्यहरुले काठमाडौँ भित्रका भुसियाहा कुकुरहरुको ब्यबस्थापन गर्नुपर्ने कुरा राखे। बलेनले भने ‘ काठमाडौँ महानगरका कुकुरहरुलाई एक ठाउमा घेराउ लाएर पाल्ने हो भने , ललितपुर र भक्तपुरका कुकुरहरु ट्रान्सफर भएर फेरी काठमाडौँ आउछन् ।’ ‘काठमाडौँ उपत्त्याकाकै सबै १८ वटै पालिकाका कुकुरहरुलाई एकै ठाउँ पालेर राखिम भने बनेपा , धुलिखेल , काभ्रे बाट फेरी आउछन् ।’
‘पुरै नेपालकै कुकुरहरुलाई एकै ठाउमा घेराउ लाएर पाल्छौ भनेर सोचेउ भने पनि , ओपन बोर्डर छ इंडियाको कुकुरहरु नेपाल आएर बस्न सक्छ त्यै भएर कुकुरलाईचै घेराउ लाएर एकै ठाउँमा संरक्षण गरेर राख्ने सोचलाई छाड्नै पर्छ ,त्यो सम्भावनै छैन,’ बालेनले बताए । कुनै एउटा कुकुर एक ठाउँ बाट हराए त्यस ठाउँमा अर्कै कुकुर आएर ठाउँ ओगट्ने कुरा उनले बताए ।
कुकुरको व्यवस्थाको लागि कुकुरलाई समयमा भ्याक्सिनेसन दिने , बन्ध्याकरण गर्ने र त्यैनै बैज्ञानिक हुने कुरा उनले बताए । बिगतका दिनहरुमा पनि बन्ध्याकरणनै बैज्ञानिक देखिएको कुरा बताए।
उनका भनाइ अनुसार बिभिन्न संग संस्थाले काम गर्दा गर्दै पनि कुकुरहरुको संख्या बढ्नुको कारण औसधि किनाईमा ढिला हुनु हो र त्यस बारे काठमाडौँ महानगरले नियमन गर्ने कुरा बताए ।


















प्रतिक्रिया दिनुहोस्