निर्वाचन आयोगको भनाइ आनुसार आजबाट थप चितवन, कास्की, झापा, मोरङ र काभ्रे (५) जिल्लामा अनलाइन मार्फत मतदाता नामावलीको फारम भर्न सकिने व्यवस्था मिलईएको छ । यस आघि काठमाडौँ,ललितपुर र भक्तपुरमा मात्रै गत आसर २९ गतेबाट अनलाइन फारम भर्ने सुबीधा मिलईएको थियो ।
गत असार १ गतेबाट सुरु गरिएको मतदाता नामावली संकलन कार्य आगामी प्रतिनीधी सभा र प्रदेश सभाको घोषणा नभएसम्म जारी रहने निर्वाचन आयोगले जनएको छ ।
अनलाइन फारम भर्ने व्यवस्था भएपछि सेवाग्राहीले लामो समयसम्म लाइनमा बसी कुर्न नपर्ने निर्वाचन आयोगको भनाई छ ।
अनलाइन फारम भरेपश्चात प्राप्त संकेत नम्बर, नागरिकता, राष्ट्रिय परिचय पत्र सहित फोटो खिचाउन तथा औठा छाप लगाउन सम्बन्धित जिल्लाको निवाचन कार्यालयमा जानु पर्ने छ ।
यस आघिनै मतदाता नामावलीमा नाम लेखाईसकेकाले फेरी मतदाता नामावलीमा नाम लेखाउन नपर्ने निर्वाचन आयोगले जनाएको छ ।
यदि कसैको मतदाता नामावलीमा त्रुटी भए वा कसैलाई आफ्नो सहज पर्ने मतदान केन्द्र स्तान्तरण गर्नु पर्ने छ भने यहि बेलानै सच्याउन सकिने निर्वाचन आयोगले जानकारी दिएको छ ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौँका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिएअनुसार, आफु कतै काम वा अध्ययनको सिलसिलामा आफ्नो स्थाई ठेगानाबाट अन्यत्र बसोबास गर्दै आएको हो भने आफु बसेकै स्थानबाट आफ्नो नाम लेखाउन सकिने कुरा जनाएका छन् । तर मतदान भने आफ्नो मतदाता नामावली जहाँ छ त्यहिबाट मात्रै दिन मिल्ने छ ।


















प्रतिक्रिया दिनुहोस्