बुधबार राजधानीमा पत्रकार सम्मेलन गरि राष्ट्रिय क्रिकेट टिमका प्रसिक्क्षक पुबुदुले राजिनामा दिएका छन्। पुबुदुले गत मंसिरमा दोस्रो कार्यकालको लागि प्रमुख प्रसिक्क्षकको रुपमा सम्झौता गरेका थिए।
टोलीको खराब प्रदर्सनको कारण पछिल्लो समय दबाबमा रहेका पुबुदुले आफ्नो व्यक्तिगत कारण देखाउदै राजिनामा दिएका हुन् ।
उनी पहिलो पल्ट सन् २०११ देखि २०१५ सम्म नेपाली क्रिकेट टिमको प्रमुख प्रसिक्क्षकको रुपमा रहेका छन् । त्यस समय नेपाली क्रिकेट टिमले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा पार गरेको थियो भने सन् २०१४ मा नेपालले बंगलादेशमा भएको टि – २० विश्वकपमा आइतिहासिक छनोट भएको थियो ।
क्यानका म्यानेजर बिनोद दासले प्रसिक्क्षक पुबुदुलाई आहिले सम्मको सहयोगको लागि धन्यवाद दिएका छन् । पुबुदुले यस निर्णयलाई आफ्नो जीवनको सबभन्दा कठिन निर्णय बताएका छन् ।


















प्रतिक्रिया दिनुहोस्