वातावरण बिभागले जनाए अनुसार प्लाष्टिक झोलामा प्रतिबन्धित लगाएको एक बर्ष पुग्न लाग्दा पनि नियन्त्रणमा नआएको भन्दै आयात , उत्पादन , बिक्रि र प्रयोगमा कडाइ गर्ने उल्लेख गरिएको छ ।
सरकारले २०७८ असोज १९ गते प्लाष्टिक झोलामा प्रतिबन्धित लगाएको थियो र माघ १७ गते बाट मन्त्रिपरिषदबाट स्वीकृत भई कार्यान्वयनमा आएको थियो ।
विभागले जनाए अनुसार प्लाष्टिक झोलामा प्रतिबन्धित लगाए पनि कोरोना माहामरिका कारण प्रभावकारी अनुगमन हुन नसक्दा प्लाष्टिक झोलाको प्रयोग बढेको छ ।
त्यसैले बिभागले सार्वजनिक सूचना जारी गर्दै नियन्त्रणका लागि कडाइका साथ अनुगमन गर्ने , कारबाही प्रक्रिया अघि बढाउने र प्रतिबन्धित झोलाको प्रयोग गरेको पाइएमा वातावरण संरक्षण ऐन र नियमावली अनुसार कडा कारवाहि गरिने चेतावनी दिएको छ ।


















प्रतिक्रिया दिनुहोस्