दाङमा एक ५ बर्षिय बालिका माथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 26, 2022 26-Jul-2022, Tue
1 Min Read
Aa
sex abuse

दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नं ५ स्थित स्टार समिट इंगलिस स्कुलका ५० बर्षीय शिक्षक स्यामलाल चौधरीले ५ बर्षीय बालिका माथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार बालिकालाई आमाले नुहाइदिने बेलामा योनी दुखेको कुरा भनेपछि सोधपुछका क्रममा शिक्षकले बालिकालाई यौन दुर्व्यवहार गरेको पाएपछि अभिभावकले प्रहरीलाई खबर गरेका हुन् ।

अभिभावकको भनाइका आधारमा सिक्षक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान गरि कानुनी प्रक्रिया आघि बढाउने कुरा एसपी काफ्लेले बताए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja