बन्चरेडाँडाका समतिले बिहिबार पत्रकार सम्मेलन गरी महानगरले सम्झौताअनुुसार काम नगरेको र बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै भदौ १ गतेबाट सधैको लागि फोहोर फाल्न नदिने जानकारी दिए ।
समितिका संयोजक श्रीराम ढुंगानाले बञ्चरेडाँडाका मानिसहरुको जिउधनको रक्षागर्ने, हाम्रो मागहरु पूरा गर्ने ग्यारेन्टी गरे मात्रै १ भदौदेखि फोहोर जान पाउने जानकारी दिए ।
सरकारले भदौ १ देखि फोहोर फाल्ने भए मानबस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानवबस्ती विकास क्षेत्र मध्ये सरकारले एउटा मात्रै छान्न पाउने छ भन्दै ढुंगानाले भने ।
ढुंगानाले यो बिषय प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालयमा समेत जानकारी गराइसकेको बताए ।


















प्रतिक्रिया दिनुहोस्