केन्द्रिय अनुसन्धान ब्युरोले सुक्रबार पत्रकार सम्मेलन गर्दै ६ जनाको समुहले एक युवकको २ करोड ५० लाख रुपैयाँ बिमा रकम हत्याउन नक्ल्ली विवाह गरि हत्या गरेको सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या पछि २ करोड ५० लाख बिमा रकम असुल गरेको र त्यस घटनालाई थप अनुसन्धान गर्दै जादा घटनाको रहस्य खुलेको जानकारी दिए ।
प्रहरीका अनुसार युवकलाई सोसमुहले डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै २१ वर्षीय सपना मल्लसँग नक्कली बिहे गराई २ करोड ५० लाखको बिमा रिलायन्स इन्सुरेन्समा गराई इच्छाइएको व्यक्तिमा सपना मल्लको नाममा बैंक खाता खोलिएको थियो ।
युवकको वार्षिक आम्दामी २ लाख मात्र भएको र योजना बद्द हत्यापछि इन्सुरेन्सबाट आएको पैसा हत्यामा संग्लग्न सबै सदस्यहरुले बाडेको पाइएको छ ।
युवकको योजनाबद्द हत्यामा संलग्न २१ वर्षीया सपना मल्ल, ३१ वर्षीय सञ्जीव अर्याल, ३२ वर्षका सरदार अहमद खाँ, ३३ वर्षका टोपबहादुर राना क्षेत्री, ३८ वर्षका दीपक केसी र २१ वर्षकी ललिता सापकोटा हुन् भन्ने प्रहरीको दाबी छ ।


















प्रतिक्रिया दिनुहोस्