यू-२० साफ च्याम्पियनसिपमा आज नेपालले घरेलु टिम भारत संग खेल्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 31, 2022 31-Jul-2022, Sun
1 Min Read
Aa
नेपाल भारत बिच खेल

यू-२० साफ च्याम्पियनसिपमा आज नेपालले तेस्रो खेल भारत संग खेल्ने छ । नेपालले लगातार तेस्रो जित र अंक तालिकाकोशिर्ष स्थानमा फर्कनको लागि घरेलु टोलि भारत संग खेल्ने छ ।

नेपालले यसअघि पहिलो खेलमा माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।भारत पहिलो खेलमा बंगलादेशसँग २-१ ले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ४-० ले पराजित गरेको थियो ।

प्रतियोगिताको नियम अनुसार समूहका शीर्ष दुई टिम फाइनलमा पुग्ने व्यवस्था रहेकाले दुवै टिमकोको लागि आज महत्वपूर्ण खेल रहनेछ ।

खेल भारतको कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja