नेपालले भारत संग नमिठो हार बेहोर्यो प्रशिक्षक केसी भन्छन्- खेलाडीलाई दोष नलगाउनुस, गल्ती मेरो हो

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 1, 2022 01-Aug-2022, Mon
2 Min Read
Aa
नेपाललि युवा टोलि

गय रति ७ बजेको यु – २० सफ च्याम्पियनसिप खेलमा नेपालले भारत संग नमिठो हार बेहोर्नु पर्यो ।नेपाल लगातार दोश्रो जितका साथ ६ अंक सहित दोश्रो स्थानमा थियो भने हिजो भएको खेल बाट नेपाल तेस्रो स्थानमा झरेको छ । नेपालले भारत संग फराकिलो ८ गोलको अन्तरले हार बेहोर्नु पर्यो ।

९ अंक सहित बग्लादेश पहिलो स्थानमा छ भने , हिजोको खेल बाट भारत ११ गोलअन्तरले ६ अंक सहित दोस्रो स्थानमा र नेपाल -१ गोलअन्तरले ६ अंक सहित तेस्रो स्थानमा छ ।

नेपालले अब अर्को खेल बंगलादेश संग खेल्नु पर्ने छ र फाइनल सम्म पुग्नको लागि नेपाललाई जितको अतिआवस्यक छ । भारतले आफ्नो अर्को खेलमा हार्नु पर्छ अथवा बराबर खेलयो भने पनि नेपाल फाइनल सम्म पुग्नको लागि बंगलादेशलाई हराउनु जरुरि छ ।

भारत संगको हार पछि केसीले सामाजिक संजाल मार्फत आफ्नो धारणा राखेका छन् । टिमलाई सपोर्ट गर्नु भएकोमा सबै जनालई धन्यवाद, ‘खेलाडीमा अनुभवको कमी छ, तर उनीहरू प्रतिभाशाली छन् ।”आज हजुरहरूलाई खुसी दिन नसकेकोमा धेरै दु:खी छौं ।’

उनले हारको दोष खेलाडीलाई नदिन पनि भनेका छन्। ‘खेलाडी र एन्फालाई दोष नदिनुहोला। यो मेरो गल्ती हो,’ उनको भनाइ छ, ‘अब अर्को खेलका लागि दुई दिनको समय छ। उनले आफू टिममै रहेर आफ्नो फाइदाको लागि फुटबल डुबाउन नसक्ने पनि जनाएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja