पोखरामा भारि वर्षाका कारण १०० घर डुबानमा र पहिरो जादा १ जनाको मृत्यु

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 1, 2022 01-Aug-2022, Mon
1 Min Read
Aa
पहिरो

कास्की जिल्ला, पोखरा महानगर वडानम्बर १३, कमलपोखरी क्षेत्रमा आइतबार साझ देखि परिरहेको अविरल वर्षाका कारण १०० घर भन्दा बडी डुबानमा परेको छ ।

त्यस वडाका वडाध्यक्ष किरण बरालले जानकारी दिए अनुसार आइतबार रातीदेखिनै कमलपोखरी क्षेत्र डुबानमा परेको कारण पानी तर्काउने काम भइरहे पनि निन्तर भारी वर्षा भइरहेकाले समस्या भएको जनाएका छन् ।

अबीरल वर्षाका कारण पहिरो जादा पोखरा महानगरपालिका–६, डिहिकोपाटनमा घरमाथिबाट आएको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको कच्ची घरको कोठा भत्किँदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको र एक जाना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

जानकारी अनुसार पोखरामा आज बिहान सम्म पनि पानि परिरहेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja