प्रहरीका जानकारी अनुसार काठमाडौंको काभ्रेस्थली स्थित दिनेश पाण्डेको परिवारका चारै जना मृत भेटिएको छ । जानकारी अनुसार मृत्यु हुनेमा पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका हुन् ।
घटनाको चरित्र हेर्दा पारिवारिक झगडा भई घटना घटेको हुन सक्ने आसंका प्रहरीले जनाएको छ । अपराध अनुसन्धानले जानकारी दिए अनुसार श्रीमानले श्रीमतीको पहिले हत्या गरेर दोस्रोमा छोरा र छोरीको हत्या गरि पछि आफैले आत्महत्या गरेको अनुमान छ ।
स्थानीयका अनुसार श्रीमान श्रीमतीको झगडा भइरहने गर्दथ्यो । यस घटना बारे प्रहरीले थप अनुसन्धान गर्ने बताएका छन् ।


















प्रतिक्रिया दिनुहोस्