नेपाली समय अनुसार आज दिउसो अपरान् ४ बजे तिर नेपाल र बंगलादेश बीच खेल सुरु हुने छ । आजको खेल नेपालको लागि महत्वपूर्ण रहेने छ ।
नेपालले प्रतियोगिताको तेस्रो खेलमा भारतसंगको हार पछि नेपाललाई प्रतियोगिताको फाइनल सम्म पुग्न कठिन रहेको छ ।
आज यदी नेपालले बंगलादेशलाई हराउछ भने भारतले माल्दिभ्स संग हारेमा वा बराबरी खेल खेलेमा नेपाल फाइनल सम्म जाने सम्भवना छ । आजको खेलमा भने नेपालले जसरी भएनी जित निकाल्नै पर्छ ।
आजको खेल नेपाल र भरतको लागि निर्णायक हुने छ । समूहमा शिर्ष स्थानमा बंगलादेशको ९ अंक , दोस्रोमा भारतको ६ अंक र नेपालपनि ६ अंक सहित तेस्रो स्थानमा छ ।
समुह चरणको आज अन्तिम खेल नेपाल र बंगलादेश बीच ४ बजे र अर्को खेलमा भरत र माल्दिभ्सबिचको खेल बेलुकाको ७ बजे हुने छ भने, कोको फाइनल सम्म जान्छन् भन्ने कुरा आजको खेलबाट तय हुनेछ ।


















प्रतिक्रिया दिनुहोस्