पछिल्लो समय अबिरल वर्षाका कारण सप्तकोशी नदीमा पानिको बहाव बढेपछि उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको छ । बध फुटेर बस्तीमा पसेपछि त्यहाका स्थनीय बासिन्दाहरुले गाउँ छाड्न थालेका छन् । सप्तकोशी नदी बस्तीमा पस्दा दुई हजार भन्दा बडी घरपरिवार प्रभावित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कोसीले ५० मिटर बाध कटान गरि बस्तिमा पसिसकेको छ र त्यस क्षेत्रका मानिसहरुलाई उद्दार गरि सुरक्क्षित स्थानमा सर्ने काम भइरहेको बताएकाछन् ।
नदीका कारण उदयपुर नगरपालिकाका नम्बर ८, ९, ३ र २ नम्बर वडाका वासिन्दा बिस्थापित भएका छन् भने नदीमा भएको श्रीलंका टापू नामक बस्तीमा पनि प्रभावित भएको र त्यहाका भित्रि बसोबास गर्ने बासिन्दा भने भाग्न नपाएको स्थानीयले जानकारी दिए ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, नगरपालिका र स्थानीय स्वयमसेवकको टोलीले मिलि प्रभावित क्षेत्रमा उद्दार कार्य गरिरहेका छन् ।
उदयपुरका मेयरका अनुसार बेलका सम्म उदयपुरका साथसाथै सुनसरी जिल्ल्लामा पनि प्रभाव पर्ने जानकारी दिएका छन् । प्रभावितहरुका लागि अस्थाई बसोबासको खोजिकार्य पनि भइरहेको बताएकाछन् ।


















प्रतिक्रिया दिनुहोस्