काठमाडौँबाट उड्न लागेको विमानबाट समातिएको व्यक्ति सुन तस्करमा आरोपित

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 3, 2022 03-Aug-2022, Wed
1 Min Read
Aa
नेपाल एयरलाइनस

काठमाडौंबाट भारतको  मुम्बई उड्न लागेको नेपाल वायुसेवा निगमको जहाज रोकेर प्रहरीको विशेष ब्यूरोले सुन चोरीमा संलग्न आरोपीलाई पक्राउ गरेको छ ।

प्रहरीलाई सो विमानमा रहेका एक शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि विमान रोकेर चेकजााच गरेको थियो । पक्राउ पर्नेमा कैलाली घर भएका सन्तोष लामिछाने हुन् ।

विशेष जानकारी अनुसार उनीमाथि पंजाबमा एकजना साहुको घरबाट सुन चोरेको आरोप छ ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार १ः१० मा मुम्बई उड्नुपर्ने न्यारोबडी जहाजलाई प्रहरीको आग्रहमा रोकेको थियो । लामिछाने चोरी सुन किनेको आरोपमा पक्राउ परेका छन् भन्ने जानकारी प्राप्त भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja