मेयर बालेन्द्र शाहले काठमाडौंमा ‘नो हर्न’ अभियानलाई पुनः प्रभावकारी रुपमा आजबाट सञ्चालन गर्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 7, 2022 07-Aug-2022, Sun
1 Min Read
Aa
no horn in KTM

काठमाडौंमा २०७४ साल वैशाख १ गतेदेखि हर्न बजाउन नपाइने निर्णय गरिए पनि प्रभावकारी रुपमा पालना नभएकाले त्यस अभियानलाई  पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न आज बिहान आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘नो हर्न’ अभियानलाई पुनः प्रभावकारी बनाउने बताएका छन् ।

अभियानको नियम अनुसार सवारीको गम्भिर दुर्घटना हुने गरी खतरा भएमा वा सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ र जोखिमयुक्त  मोडहरुमा पनि छोटो हर्न मात्रै प्रयोग गर्न पाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले बताइन् ।

अभियानको नियम अनुसार ‘नो हर्न’को नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीसाधनको हकमा भने लागू हुनेछैन । अनावश्यकरुपमा हर्न बजाए ५०० रुपैयाँ जरिवाना हुने व्यवस्था छ भनेर पनि उल्लेख गरिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja