१२ वर्षीय बालकको कैलालीको कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 7, 2022 07-Aug-2022, Sun
1 Min Read
Aa
डुबेर मृत्यु

कैलालीको टिकापुर नगरपालिका १ को जमरा नामक कुलोमा १२ वर्षीय बालक दिनेश परियारको नुहाउने क्रममा कुलोमा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरीले जानकारी दिए अनुसार परियार साथीहरुसंग कुलोमा नुहाउने क्रममा घाइते भएको र टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुने एकतानगर शिविरमा बस्ने लालसिंह परियारका छोरा हुन् र अहिले परियारको शव परीक्षणका लागि टीकापुर अस्पतालमै राखिएको बताएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja