नोभेम्बेर २० मै विश्वकप सुरु हुने, उद्घाटन खेलमा कतारले इक्वेडरसंग खेल्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 12, 2022 12-Aug-2022, Fri
1 Min Read
Aa
qatar vs ecuader in 2022 world cup opening ceremony

कतारमा हुने २०२२को फुटबल विश्वोकप नोभेम्बेर २० देखि हुने सार्वजनिक भएको छ । उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसंग अल बायत स्टेडीयममा खेल खेल्ने छ । यस अघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तालिका थियो ।

जसमा आयोजक कतारले इक्वेडरसँग तेस्रो खेल खेल्नु पर्ने थियो भने उद्घाटन खेलमा नेदरल्याण्ड्स र सेनेगलबीचको खेल विश्वकपको पहिलो खेल हुने तय भएको थियो ।

फिफाको चलन अनुसार आयोजकले विश्वकपको पहिलो खेल खेल्दै आएको हुनाले विश्वकप एक दिन अगाडि सारिएको हो । नोभेम्बेर २० देखि सुरु हुने विश्वोकाप १८ डिसेम्बरमा फाइनल हुने तय भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja