सान्जेन जलविद्युत निर्माणको अन्तिम चरणमा पुग्दा ७०-८० जनाको स्थानीय समुहले सान्जेन जलविद्युत कम्पनीको रसुवाको थम्बुचेतस्थित साइट कार्यालयमा तोडफोड गरेका छन् ।
प्रहरीले जानकारी दिए अनुसार आन्दोलनकारीले कार्यालयको गाडीमा ढुंगाले हानि क्षति पुर्याइएको, कार्यकक्षभित्रै पसेर ‘वर्किङ चेम्बर’ भत्काइदिएको, कार्यालयका कुर्सी जलाएको र कार्यालयका विभिन्न संरचनाहरु भत्काइदिएका छन् ।
जानकारी प्राप्त अनुसार कम्पनीको सेयर बाँडफाट गर्दा आफूहरुलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै गत्लाङका केही स्थानीयले कार्यालयभित्रै पसेर तोडफोड गरेका हुन् ।
कम्पनीका एक अधिकारीले गुनासो राख्दै भने हामी ज्यादै असुरक्षित भयौं । पहिले देखिनै हामीलाई धम्कि आइरहेको थियो र हामीले प्रहरी र प्रशासनसँग सुरक्षाका लागि सहयोग मागेको धेरै दिन भैसकेको थियो तर चुनाव लागेकाले प्रशासन यस्तो अराजक समूहप्रति नरम देखिएको बताए ।


















प्रतिक्रिया दिनुहोस्