यस वर्षको साउन महिनाको अन्तिम सोमबारको दिन देशभर शिवालय मन्दिरमा श्रद्धालुको भीड लागेको छ । काठमाडौँको पशुपतिनाथको मन्दिरमा भने बिहानै देखि भक्तजनहरुको घुइचो छ ।
साउने सोमबारको दिन व्रत बस्दा साथै भगवान शिवको पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने र घर परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वासका साथ श्रद्धालुहरु यस महिनाको हरेक सोमबारको दिन व्रत बस्ने गर्छन ।
यस महिना व्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । त्यसै कारण आज बिहानैदेखि शिवालयमा भक्तजनहरुको भीड लागेको हो ।


















प्रतिक्रिया दिनुहोस्