स्थानीयले ढुंगामुढा गरेपछि बन्चरेडाँडामा प्रहरीले गर्यो हवाइ फायर

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 16, 2022 16-Aug-2022, Tue
1 Min Read
Aa
बन्चरे डाँडामा झडप

काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडामा गएका ट्रकलाई स्थानीयले रोकेको थियो र प्रहरीले फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो ।

त्यसपछी स्थानीयले ढुंगामुढा गरेपछि बन्चरेडाँडामा प्रहरीले हवाइ फायर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारी लखेटेपछि केहि अगाडी बढेता पनि डाँडामा रहेका स्थानीयबासिन्दाले ढुंगा र गुलेली हानेपछि झडप भएको र झडपपछि फोहोर विसर्जनको काम रोकिएको खबर प्राप्त भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja