प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए अनुसार निहारिका राजपुतले आफूमाथि बलात्कारको आरोप लगाएका व्यक्ति शिवराज श्रेष्ठ पक्राउ परेका छन् ।
निहारिका नाबालिका हुँदा बलात्कार गरेको र उक्त करणीबाट बच्चा जन्मिएको आरोप शिवराजमाथि लागेको छ । प्रहरीले धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी शिवराजलाई पक्राउ गरेको हो ।
निहारिकाले आफ्नो बच्चा र बलात्कार आरोपित श्रेष्ठको डिएनए गर्नुपर्ने माग गर्दै उनले माइतीघर मण्डल, बसन्तपुर लगायत क्षेत्रमा आफ्ना माग राखी धर्ना पनि दिएकी थिइन् । गत शुक्रबार उनले राष्ट्रपति भवनअगाडि पेट्रोल छर्केर आत्मदाय प्रयास समेत गरेकी थिइन् ।
गत असार ३ गते सरकार र निहारिकाबीच पाँच बुँदे सहमति भएपछि उनले अनसन तोडेकी थिइन्।


















प्रतिक्रिया दिनुहोस्