सरकारले भदौ १ (आजबाट) प्लास्टिक झोलामा आयात, उत्पादन, बिक्रिबितरण तथा प्रयोगमा प्रतिबन्ध गरेको छ । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको हो ।
सरकारले यस नियम २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी उक्त नियम बनाएको थियो तर त्यस वर्षको ठुलो जनधनको क्षेतिको कारण उक्त नियम प्रभावकारी हुनसकेन ।
यस संगसंगै वन तथा वातावरण मन्त्रालय र वन विभागले यस नियमलाई कडाइका साथ लागु गर्ने जानकारी दिएका छन् । मन्त्रालयले प्रतिबन्ध लाएको प्लास्टिक झोला यदी उत्पादन, बिक्रिबितरण तथा प्रयोग गरेको पाइएमा कडा भन्दा कडा सजाए दिने जानकारी दिएको छ ।


















प्रतिक्रिया दिनुहोस्