आज कृष्ण जन्माष्टमी देशभरका कृष्ण मन्दिरमा भगवान कृष्णको पुजा आरधना गरिदै

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 19, 2022 19-Aug-2022, Fri
1 Min Read
Aa
भगवान कृष्ण

आज कृष्णजन्माष्टमी, यस पर्व आज देशभरका कृष्ण मन्दिरहरुमा धुमधाम मनाइदै छ । यस दिन  भगवान् विष्णुको आठौँ अवतारका रुपमा भगवान कृष्णको जन्म भएको र राक्षसी प्रवृत्तिबाट मानव जगतलाई मुक्त गराउनु भएको भनी मान्यता छ ।

यस दिन पुजा आरधना गर्नले मनमा भएको कुधर्म जाने र धर्म प्राप्त हुने मान्यता प्राचिनकाल देखि चलि आएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेताका रुपमा भगवान कृष्णलाई मानिन्छ ।

यस दिनलाई कृष्ण ‘जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन भगवान कृष्णको पुजा आरधना, प्रवचन, भजनकीर्तन साथसाथै महिला, पुरुष दुवै व्रत बसेर रातभर जागराम बस्ने चलन छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja