आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि आयोगले ५ सय ३ प्रकारका मतपत्र छाप्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 21, 2022 21-Aug-2022, Sun
1 Min Read
Aa
निर्वाचन आयोग

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनकोलागि निर्वाचन आयोगले ५ सय ३ प्रकारका मतपत्र छाप्ने भएको छ ।

आयोगले प्रतिनिधिसभाको  प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १ सय ६५ प्रकारको मतपत्र छाप्ने भएको छ । त्यस्तै  प्रदेशतर्फ ३ सय ३० क्षेत्रका लागि सोही संख्यामा छुट्टाछुट्टै  मतपत्र छाप्ने निर्वाचन आयोगले तयारी गरेको छ ।

आयोगले जानकारी दिए अनुसार ७ प्रकारका प्रदेशसभाका समानुपातिक तर्फको मतपत्र र प्रतिनिधिसभा तर्फ समानुपातिक तर्फ १ प्रकारको मतपत्र छाप्ने तैयारी गरेको छ ।

आयोगले थप जानकारी दिदै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जुन क्षेत्रमा जुन पार्टीबाट उमेदवार उठ्छन् उम्मेदवार सोही चिन्ह मात्र मतपत्रमा राख्ने पाउने बताएको छ ।

आयोगले अनुमान गरे अनुसार आगामी निर्वाचनमा थप ५ लाखको हाराहारीमा मतदाता थपिने र आगामी निर्वाचनको लागि भने १० अर्ब खर्च हुने अनुमान गरेको छ ।  

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja