भारतीय सेनाको अग्निपथ योजनामा नेपाली युवालाई भर्ति नगर्न नेपाल सरकारको आग्रह

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 25, 2022 25-Aug-2022, Thu
2 Min Read
Aa
nepali indian army

नेपालको लागि परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर नेपाली युवाहरुलाई आग्निपथ योजनामा भर्ती नगर्न आग्रह गरेका हुन् ।

भारतमै विवादित बनेको अग्निपथ योजनाबारे नेपालका सबै दलको एकीकृत धारणा बनाउनुपर्ने भन्दै मन्त्री खड्काले त्यतिन्जेल भर्ती रोक्न माग गरेको र स्रोतका अनुसार मन्त्री खड्काले बुधबार राजदूत श्रीवास्तवलाई मन्त्रालयमै बोलाएर आग्रह गरेका थिए ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सन् २०२२ को जुन महिनामा अग्निपथ योजना सार्वजनिक गरेका थिए र योजना अन्तर्गत नेपाली युवालाई भर्ती गर्न भारतीय सेनाले बिहीबार रुपन्देहीको बुटवलमा र भदौ १६ गते धरानमा प्रारम्भिक छनौट प्रक्रिया सुरु गर्ने योजना सार्वजनिक भएको थियो ।

यस योजना ४ वर्षका लागि हुने । यस योजनामा भर्ति हुनेहरुलाई अग्निवीर’ भनिने छ । यस योजनामा भर्ति हुन १७ देखि २३ सम्मको उमेर हक हुनु पर्ने छ ।

यस योजना अन्तर्गत भर्ति हुनेहरुलाई पहिलो वर्ष ४ लाख ७६ हजार भारु दिइने र क्रमश चौथो वर्षसम्म बढेर ६ लाख ९२ हजार रुपैयाँसम्म पुग्ने छ । यसको अतिरिक्त जोखिम भत्ता पनि दिइने छ ।

चार वर्षपछि २५ प्रतिशत सेनामा स्थायी जागिरे हुनेछन् भने ७५ प्रतिशतको जागिर समाप्त हुने छ । चार वर्ष सेवा अवधि पूरा गरेर घर फर्किनेहरुलाई ११ लाख ७ हजार भारु उपदान पनि दिइने छ । यसमा कर लाग्ने छैन ।

आग्निपथ योजनामा ४ वर्ष सेवा गरेर नेपाली युवाहरु बेरोजगार भएमा नेपाल सरकारले उनीहरुलाई के गर्ने भन्ने बारे अझै धारणा बनेको छैन ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja