गोंगबु स्थित राष्ट्रिय तमु समाजको हलमा नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ महानगर समितिको प्रथम महानगर सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलन को उद्घाटन मैन बत्ति बलेर पार्टी सि सि एम तथा काठमाडौ जिल्ला इन्चार्ज माईला लामाले गर्नु भएको थियो भने, प्यानल प्रस्ताब तथा सपथग्रहण काठमाडौँ सेक्रेटरी तुलसी नारायणले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नेवा मुक्ति मोर्चा का केन्द्रिय अध्यक्ष तथा घाइते योद्धा सुरेन्द्र महर्जनले नव निर्वाचित सदस्यहरुलाई बधाइ ज्ञापन गरेका थिए ।
साथै युवा सङ्गठन नेपालका केन्द्रिय महासचिव बिदुसी ,श्रमिक समुदायको केन्द्रिय कार्यालय सदस्य गोपाल परियार, काठमाडौ जिल्ला सल्लाहकार सदस्य देबिराम भुसाल, लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।


















प्रतिक्रिया दिनुहोस्