एकदिनमै २६९ जनामा कोरोना संक्रमण पुष्टि, १ जना संक्रमणको कारण मृत्यु

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 1, 2022 01-Sep-2022, Thu
1 Min Read
Aa
कोरोना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार ३५५७ जनाको कोरोना संक्रमण परिक्षण गर्दा २६९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण १ जनाको मृत्यु भएको छ भने संक्रमण थप हुनुका साथै सक्रिय संक्रमितको संख्या ३१५८ पुगेको छ ।

उक्त समयमा २१५ जना भने कोरोना संक्रमणबाट मुक्त भएका छन् । यस संक्रमण थपिए संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार २२७ पुगेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja