गए राती करिब १ बजे तिर अज्ञात समुह र प्रहरी बीच गोलि हानाहान भएको छ । जानकारी अनुसार जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहिस्थित ग्यास सिलिण्डर बनाउने एरोटेक प्रालिमा ११जनाको अज्ञात समुहले लुटपाट गर्ने क्रममा प्रहरी बीच गोलि हानाहान भएको हो ।
स्रोतका अनुसार ११जनाको समूह मध्य २ जना पक्राउ परेका छन् भने बाकी ९ जनाको खोजि कार्य जारि रहेको जानकारी प्राप्त भएको छ । पक्राउ पर्नेमा र जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३५ वर्षीय जयराम पासवान र वडा नम्बर १० बस्ने ४० वर्षीय जवाहिर महतो रहेका छन् ।
प्रहरीका अनुसार घटना स्थलमा एक थान बन्दुक र त्यसमा लाग्ने तीन वटा गोली र एकथान एकनाले बन्दुक बरामद भएको छ र महतो उक्त घटनामा घाइते भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्