आइतबार पत्रचार मार्फत सात क्यासिनोलाई काठमाडौँ महानगरले चेतावनी दिदै ७ दिन भित्र कर बुझाउनु पर्ने बताएका छन् । कर नबुझाउनेमा होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णकाे क्यासिनो प्यालेस, हाेटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेशनल एण्ड रिक्रिएशन, हाेटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनो हुन् ।
जानकारी अनुसार आ. व २०७५/७६ देखि यता बागमती प्रदेश आर्थिक ऐन अनुसार सात क्यासिनोले मनोरंजन कर नबुझाएको हुनाले महानगरले पत्र मार्फत ७ दिनको समय दिएको छ ।
महानगरले यस आघि पनि कर बुझाउन ताकेता गरेता पनि उक्त क्यासिनोहरुले कर नबुझाएको हुदा पत्र मार्फत कर बुझाउने समय दिदै नबुझाएमा कारबाही गरिने भनिएको छ ।


















प्रतिक्रिया दिनुहोस्